भद्रपुर, पुष १२ । रूद्र गौरी अम्बिका प्रतिष्ठानले भद्रपुर ७ स्थित वीरेन्द्र माध्यमिक विद्यालयका ५० जना छात्रछात्रालाई जाडोको न्यानो कपडासहित जुत्तामोजा वितरण गरेको छ ।


प्रतिष्ठानका केन्द्रीय अध्यक्ष गंगाप्रसाद ओलीको नेतृत्वमा प्रतिष्ठानले अति विपन्न ५० जना विद्यार्थीलाई जाडोबाट जोगिन न्यानो कपडासहित जुत्तामोजा वितरण गरेको हो ।

वीरेन्द्र माविका प्रधान अध्यापक खिलाराज कोइरालाको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख राधा कार्की ,भद्रपुर ७ का वडाध्यक्ष अभिषेक ढुंगाना, नगर शिक्षा शाखा प्रमुख राजकुमार ओडारीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्