झापा,पुष १४ ।झापाको मेचीनगरमा ठूलो मात्रामा प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुईजना कारोबारी पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा अर्जुनधारा नगरपालिका वडा नं.११ बस्ने अन्दाजी २९ वर्षीय मनिश मोक्तान र सोही ठाउँ बस्ने अन्दाजी ३७ वर्षीय रीग बहादुर दर्जी रहेका छन् ।गएराति १०.४५ बजे मेचीनगर नगरपालिका वडा नं.१३ चारआलीस्थित पूर्व पश्चिम राजमार्गमा प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे.५ प.३६४८ नं.को मोटरसाईकल चालक मोक्तान र सोही मोटरसाईकल पछाडी सवार दर्जीलाई शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट १०० ग्राम १५० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

मोटरसाईकलसहित दुवैलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय धुलावारीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्