झापा , पुष १८ । जंगली हात्तीले झापाको बुद्धशान्तिमा तीनवटा घर भत्काएर क्षति पुर्याएको छ ।

सोमवार राति १२.५० बजे आएको हात्तीले बुद्धशान्ति गाउँपालिका वडा नं ५ आयाबारी थारु गाउँमा क्षति गरेको हो । हात्तीले लुदा दनुवारको अन्दाजी १० मन धान खाएर र घरको टाटीबेरा भत्काएर अन्दाजी रु ३० हजार बराबरको क्षति गरेको छ भने दिपनारायण दनुवारको पनि अन्दाजी १० मन धान खाएर र घरको टाटीबेरा भत्काउँदा अन्दाजी रु ३० हजार बराबरको क्षति भएको छ । त्यस्तै महेन्द्र दनुवारको पनि अन्दाजी १० मन धानसहित घरको टाटीबेरा भत्काउँदा अन्दाजी रु ३० हजार बराबरको क्षति गरेको छ ।

सोही हात्तीले नागिनप्रसाद चौधरीको २ कठ्ठा जग्गामा लगाएको आलु,बैगुन,टमाटर, कोबी,केरा गरी अन्दाजी ५०हजार बराबरको क्षति गरेको प्रहरीले जनाएको छ ।

पीडितहरुले ईलाका प्रहरी कार्यालय बुधबारेमा हिजो साँझ निबेदनका साथ जानकारी गराएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्