झापा,पुष १८ । झापाको बिर्तामोड १० मा गएराति एकै घरबाट दुईवटा मोटरसाइकल चोरी भएको छ ।

बिर्तामोड १० बस्ने शंकर बेघाको घरबाट दुईवटा मोटरसाइकल चोरी भएको हो । बेघाको मे ११ प ५९७५ नं को पल्सर र उनकी श्रीमती नेपाल बहुउद्देश्यीय सहकारी संस्थामा काम गर्ने निशा लिम्बूको मे ११ प ५३२१ नं को स्प्लेन्डर हराएको हो । घरमा राखिएको दुईवटै मोटरसाइकल चोरी भएकोमा मे ११ प ५९७५ नं को पल्सर घरदेखि करिव ७ सय मिटर पर झाडीमा आज बिहान भेटिएको छिमेकी चन्द्र राईले बताए ।

उता गएराति हल्दिबारी १ गोलधापमा एउटा बेवारिसे मोटरसाइकल फेला परेको छ । राति ८ बजेको समयमा मे ३ प ९१४९ नं. कोे सीबीजेड रातो कालो रंगको मोटरसाइकल फेला परेको प्रहरी चौकी गोलधापले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्