झापा, पुष २० । मेचीनगरको एक गोठमा आगलागी हुँदा २ लाखबढीको क्षति भएको छ ।

मेचीनगर–८ सुन्दर टोलका केशवप्रसाद तिम्सिनाको टिनको छानो भएको गाईगोठमा खोले पकाउने क्रममा बिहीबार राति १ बजे आगलागी भएको थियो ।

आगलागी भएको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय नकलबन्दा प्रहरीको टोली घटनास्थल पुगेको थियो । प्रहरी, स्थानीयबासी र मेचीनगर नगरपालिकाको दमकलको सहयोगमा आगलागी राति १.३० बजे पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आगलागीबाट गाईगोठमा बाँधेको एउटा बहर मरेको छ । त्यस्तै एउटा बहर, दुई वटा गाई आगोले जलेर घाइते भएका छन् । गोठमा रहेको काठपात र गोठ आंशिक रुपमा क्षति हुँदा २ लाख ३० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्