झापा , पुष २० । हिन्दुवादी नेता यज्ञप्रसाद ओलीको निधन भएको छ ।

विश्व हिन्दु महासंघका राष्ट्रिय उपाध्यक्ष बाह्रदशी गाउँपालिका वडा नं ३ राजगढ निवासी ओलीको ६५ वर्षको उमेरमा हिजो निधन भएको हो । उपचारका लागि काठमाडौ लैजाँदै गर्दा उनको बाटैमा निधन भएको जनाइएको छ ।

उनी फोक्सोको क्यान्सरबाट पीडित थिए । स्व. ओलीको पार्थिव शरीरलाई आज बिहान कन्काई आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्