झापा, पुष २० । झापाको शिवसताक्षीमा आज दिउँसो एकजना महिला मृत अवस्थामा भेटिएकी छन् ।


शिवसताक्षी–१० माईधारस्थित कनकाई खोलाको किनारमा नाम, थर र ठेगाना नखुलेकी पहाडी समुदायकी महिला मृत भेटिएको झापा प्रहरीले जनाएको छ । विगत केही महिनादेखि मागी खाइहिँड्ने अन्दाजी ४५–५० वर्षीया ती महिलाको शव कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

ती महिला करिव एक महिनाअघि विरामी परेकी थिइन् । त्यसबेला जनप्रतिनिधिको सहयोगमा उपचार गराइएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक अनिश बुढाथोकीले बताए । जीवित रहेको त्यसबेलामा पनि खोजी गर्दा ती महिलाको सनाखत हुन नसकेको प्रहरी निरीक्षक बुढाथोकीले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्