भद्रपुर, पुष २३। सतमिलन महिला समूह चन्द्रगढी झापाको ११औ बार्षिक साधारणसभाले पुनः तेस्रो कार्यकालका लागि यशोदा कँडेल कोईरालाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।


त्यस्तै साधारणसभाले उपाध्यक्षमा सविता श्रेष्ठ , सचिवमा मेनुका शर्मा ,सहसचिवमा हिरा गेलाल,कोषाध्यक्षमा उमा भट्टराई र सहकोषाध्यक्षमा बिष्णु कोईरालालाई सर्वसम्मत चयन गरेको छ ।

आगामी २ बर्षे कार्यकालका लागि गठित समूहको सदस्यहरुमा जमुना न्यौपाने,सूर्य श्रेष्ठ , मुना कन्दङ्वा, चन्दा कोईराला,शान्ति राई,पूर्णिमा राजवंशी र मेलिना न्यौपाने रहेका छन् ।

कार्यक्रममा समाजसेवीहरु दिनबन्धु गोयल,महेन्द्र कोईराला,दिपेश ढकाल, पुरुषोत्तम अधिकारी,अम्बिका प्रसाईं, जानुका कार्की,ओम खड्का,ठाकुरप्रसाद चापागाईलगायतलाई सम्मान गरिएको थियो । समूहमा जानुका कार्की,बविता कार्की र प्रशन्ना न्यौपानेलाई नयाँ सदस्यता वितरण गरिएको थियो ।

कोईरालाको अध्यक्षतामा सम्पन्न सभामा प्रमुख अतिथि भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेल,निवर्तमान प्रमुख जीवनकुमार श्रेष्ठ ,भद्रपुर ७ र ८ का वडा अध्यक्ष अभिषेख ढुंगाना तथा मनोज सुब्बा ,रेमनाथ चुडाल,उर्मिला गौतम, गोविन्द लम्साललगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्