हल्दिवारी, पुष २६ । हल्दिवारी गाउँपालिकाले पनि भाक्का दिवसका दिन पुष २९ गते स्थानीय बिदा दिने निर्णय गरेको छ ।
![](https://pratidindaily.com/wp-content/uploads/2023/02/11-dys-bida-1024x683.jpg)
उक्त दिन अति आवश्यक सेवाबाहेक हल्दिवारी गाउँपालिकाको कार्यालय, सम्पूर्ण शैक्षिक संस्था, स्वास्थ्य संस्था, वडा कार्यालयहरू बन्द रहने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।
यसअघि कचनकवल गाउँपालिकाले पुष २९ गते विदा दिने निर्णय गरेको थियो । पुष २७ गते पृथ्वी जयन्ती र तोल ल्होसार, पुष २८ गते शनिबार , २९ गते भाक्का दिवस र माघ १ गते माघे संक्रान्ति पर्व परेकोले लगातार चार दिन सार्वजनिक बिदा हुने भएको छ ।
![](https://pratidindaily.com/wp-content/uploads/2024/01/418451737_3690277931230237_7359033804562653694_n-720x1024.jpg)