बिर्तामोड, माघ ६ । यही माघ ९ गतेदेखि झापाको बिर्तामोडमा शुरु हुन लागेको दोस्रो आदिवासी जनजाति बिर्तामोड महोत्सवको तयारी तीब्र पारिएको छ ।

सिटीसेन्टर, धर्मकाँटाको उत्तरपट्टि महोत्सवको तयारी थालिएको हो । नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोड नगर समन्वय परिषदद्वारा माघ ९ देखि ३० गतेसम्म दोस्रो आदिवासी जनजाति बिर्तामोड महोत्सवको आयोजना गरिएको हो । महोत्सवमा सयभन्दा बढी स्टल निर्माण भइरहेको आयोजकले जनाएको छ । त्यहाँ नगरका १७ वटा जातिको जातीय पहिचान झल्किने स्टल रहने महासंघले जनाएको छ । त्यस्तै खेल तमासा , बाल उद्यान ,अटोमोबाइल्स , आइटीलगायतका व्यावसायिक स्टलहरु रहने महासंघका वीरेन मेचेले बताए । उनले आदिवासी जनजातिका जातीय परिकारहरुको स्टल पनि रहने जानकारी दिए ।

महोत्सवमा राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुती रहने छ । द एलिमेन्ट बेन्ड , सविन राईको बेन्ड , पूर्ण राईको बेन्ड , सपना सुमनको बेन्डसंगै कलाकारहरु शान्तिश्री परियार , ज्योति मगर ,मेलिना राई , एलिना चौहान , राजनराज शिवाकोटीलगायत आउने निश्चित भइसकेको मेला संचालक नारायण अधिकारीले बताए । महोत्सवमा सयपत्री इन्टरटेन्मेन्ट प्रालि दमकको व्यवस्थापकीय भूमिका रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्