हल्दिवारी, माघ १० ।हल्दिबारी गाउँसभाको १६ औ अधिवेशन आज शुरु भएको छ ।

हल्दिबारी गाउँसभाका सभा अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनको अध्यक्षतामा भएको सभामा वडा नं २ का वडाध्यक्ष शुकलाल राजवंशी,३ नं वडाध्यक्ष विष्णुप्रसाद ओली, कार्यपालिका सदस्य शान्ता शिवाकोटीले शुभकामना मन्तव्य राखेका थिए।
आजको सभामा विनियोजन ऐन संशोधन गर्न बनेको विधयेक सर्बसम्मतले पारित भएको छ भने केही विधेयकहरु छलफलका लागि पेश गरिएको छ।

त्यसैगरी विषयगत समितिका संयोजकहरूले गत आर्थिक वर्ष २०७९–८०को वार्षिक प्रतिवेदन पेश गरेका थिए।सभाध्यक्ष लिङ्देनले अर्को बैठक माघ १९ गते बस्नेगरी स्थगित गरेका छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्