झापा,माघ ११ । विराटनगरमा राष्ट्रियसभा सदस्य निर्वाचनको मतगणना सुरु भएको छ । राष्ट्रियसभा निर्वाचनमा खुला तथा महिला सदस्य पदका लागि निर्वाचन भएकोमा महिला उम्मेदवारको मतगणना सुरु गरिएको हो ।

राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशमा ९३ जना प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुख २७४ जना गरी ३६७ जना मतदाता रहेकोमा स्थानीय तहका तीन जना प्रमुखहरु मतदानमा अनुपस्थित भएका थिए ।

निर्वाचनमा झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साह, मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदार र धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ मतदानमा सहभागी भएनन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्