बिर्तामोड ,माघ १६ । राप्रपासंगको पटकपटकको वार्ता नमिलेपछि नेपाली कांग्रेसनिकट व्यवसायीहरु बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा एक्लै उम्मेदवारी दिने मनस्थितिमा पुगेका छन् ।

विगत चार दिनदेखि वार्ता जारी रहँदा राप्रपाले महासचिव पद नछोडेपछि दुई पार्टीबीच सहमति हुन नसकेको हो । दुवै पार्टीको बटमलाइन महासचिव पद रहेको छ । आफूहरुले राप्रपालाई एउटा उपाध्यक्ष , एउटा सचिव , सहकोषाध्यक्ष र एउटा सदस्य पद दिँदा नमानेको कांग्रेसका एक सदस्यले बताए । आजको वार्तामा राप्रपाले आफूहरुको प्रस्ताव ठाडै अस्वीकार गरेको उनले जानकारी दिए ।अबको दुई दिनसम्म राप्रपालाई पर्खिएर त्यसपछि उम्मेदवारको टुंगो लगाउने उनले बताए । त्यसो त कांग्रेस र एमालेसंग बार्गेनिङ गर्दै आएको राप्रपाले महासचिवको उम्मेदवारको रुपमा कृष्ण पौडेलको नाम घोषणा गरिसकेको छ । हालका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरिसकेको कांग्रेसले संजीव घिमिरे, कुशल खतिवडा , विशाल थापा , जीवन खड्का , पुकार बराल , राधिका चुडाल , दीपक मित्तल , राजकुमार शाहलाई उम्मेदवारको रुपमा अघि सार्ने भएको छ । उनीहरुलाई कुन कुन पद दिने भनेर टुंग्याउन बाँकी रहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्