बिर्तामोड ,माघ २० ।स्तरीय शिक्षा प्रदान गर्दै आएको बिर्तामोडको न्यूटन्स एजुकेशन एकेडेमी सामाजिक उत्तरदायित्वतर्फ पनि अगाडि देखिएको छ ।

विद्यालयमा करिव १६ सय विद्यार्थी अध्ययनरत रहेकोमा त्यसमध्ये १२० जना विद्यार्थीलाई पूर्ण र आंशिक छात्रवृत्ति प्रदान गरिएको हो । विद्यालयका विद्यार्थीहरुलाई ५५ लाख बराबरको छात्रवृत्ति प्रदान गरिएको विद्यालयका प्रिन्सिपल देवेन्द्र हुमागाईले बताए । ‘ विद्यालयमा सबैखाले विद्यार्थी अध्ययनरत छन् ’उनले भने,‘गरिव तथा जेहेन्दार गरी १२० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका छौं ।’

त्यस्तै विद्यालयले यस वर्ष ५२ लाख ४४ हजार रुपैयाँ राज्यलाई कर बुझाएको छ । आर्थिक वर्ष २०७९–०८० मा बिर्तामोड नगरपालिकामा घरबहाल कर र नवीकरण शुल्कवापत ४ लाख ,आन्तरिक राजस्व कार्यालयमा १६ लाख १८ हजार, भ्याटतर्फ २८ लाख ७६ हजार र सवारीसाधनतर्फ वार्षिक कर ३ लाख ५० हजार रुपैयाँ विद्यालयले कर तिरेको प्रिन्सिपल हुमागाईले जानकारी दिए । २०६० सालमा स्थापना भएको सो विद्यालयले बालक्लब , टुरिजम क्लब , स्काउटमा आवद्ध गराई विभिन्न सामाजिक कार्यमा अग्रसर गराएको छ । प्रविधियुक्त कक्षा कोठा, विभिन्न प्रयोगशालालगायतका सुविधा रहेको न्यूटन्स एजुकेशन एकेडेमीलाई जिल्लाकै उत्कृष्ट विद्यालयको रुपमा लिने गरिन्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्