बिर्तामोड, माघ २९ । आगामी फागुन १४ गते हुने बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनका लागि नेपाली कांग्रेसनिकट लोकतान्त्रिक व्यवसायी समूहले भोलि आफ्ना उम्मेदवार घोषणा गर्दैछ ।

भोलि बिहान ११ बजे अतिथि सदनमा उम्मेदवारी घोषणा हुन लागेको हो । सो समूहबाट वर्तमान वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने अध्यक्षको उम्मेदवार बन्ने भएका छन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा संजीव घिमिरे , वाणिज्य उपाध्यक्षमा जीवन खड्का , उद्योग उपाध्यक्षमा विशाल थापा , महासचिव कुशल खतिवडा , महिला उपाध्यक्ष राधिका चुडाल हुमागाँई ,वाणिज्य सचिव पुकार बराल , उद्योग सचिव राजकुमार शाह, कोषाध्यक्ष दीपक मित्तल र सहकोषाध्यक्षमा तिलोतमा खत्रीले उम्मेदवारी दिने भएका छन् ।

त्यस्तै खुल्ला सदस्यहरुमा अनन्तलाल महतो , विपिन बजगाँई , अरुण जैन , दिनेश श्रेष्ठ ,श्यामकृष्ण पाठक , डिल्ली कोइराला र योगेश भट्टराईले उम्मेदवारी दिने टुंगो लागेको छ । त्यस्तै महिला सदस्यमा सुशिला कार्की बस्नेत र निशा शाह उठ्ने भएको बुझिएको छ ।

लोकतान्त्रिक व्यवसायी समूहले उम्मेदवारी घोषणा गरिसकेपछि स्वतन्त्र व्यावसायिक प्यानलले पनि उम्मेदवारको टुंगो लगाउने भएको छ । स्वतन्त्र व्यावसायिक प्यानलबाट अध्यक्षमा अर्जुन मैनाली, वरिष्ठ उपाध्यक्षमा राजु घिमिरे, महासचिवमा कृष्ण पौडेल, वाणिज्य उपाध्यक्षमा ओमप्रकाश श्रेष्ठ, जनसम्पर्क उपाध्यक्षमा गोमा भट्टराईले उम्मेदवारी दिने भएका छन् भने अन्य पदहरुका उम्मेदवार मिलाएर लाने बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्