झापा,फागुन २ । नेपाल एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । सीता रानामगरको हृयाट्रिक विकेटबाट प्रेरित नेपालले मलेसियामा भइरहेको प्रतियोगितामा बुधबार कुवेतलाई ८ विकेटले पराजित ग¥यो ।
कुवेतले टस जितेर पहिला ब्याटिङ गर्दै ९ विकेट गुमाई ७३ रन बनाएको थियो । बाँगीस्थित वाईएसडी युकेएम ओभल मैदानमा नेपालको ब्याटिङ सुरु हुनु अगाडि वर्षाले खेल प्रभावित गरेको थियो, जस अनुसार डक वर्थ लुइस पद्धतिमा नेपाललाई १२ ओभरमा ५० रनको लक्ष्य दिइएको थियो ।
कविता कुँवर १ रनमात्र बनाई रनआउट भए पनि नेपालले ६.५ ओभरमै लक्ष्य पुरा गरेको थियो । प्लेयर अफ द म्याच सीता १५ बलमा २ चौका प्रहार गर्दै १७ रन बनाइन् । नेपालले खेलेको ४ खेलमा उनी तेस्रो पटक उत्कृष्ट खेलाडीमा चुनिएकी हुन् । कप्तान इन्दु बर्मा २२ र कविता जोशी ४ रनमा अविजित रहिन् । इन्दुले २१ बल खेली १ चौका प्रहार गरेकी थिइन् ।
यसअघि कुवेतबाट ओपनर प्रियादा मुरलीले ३३ बल खेली ३ चौका र १ छक्का प्रहार गरि २९ रन बनाएकी थिइन् । शान्थी बालासुब्रामन्युम र खादिजा खलिलले समान १३ रन बनाइन् । सीताले आफ्नो दोस्रो ओभरमा लगातार तीन विकेट लिएर हृयाट्रिक पुरा गरेकी थिइन् । उनले ४ ओभरमा ११ रन खर्चेर ३ विकेट लिएकी हुन् । रुविना क्षेत्री र कविता कुँवरले २–२ विकेट लिइन् ।

नेपालले शुक्रबार मलेसियासँग सेमिफाइनल खेल्ने छ । मलेसियाले बुधबार नै भएको अर्को क्वार्टरफाइनलमा जापानलाई १६ रनले पराजित गरेको थियो । अर्को सेमिफाइनल यूएई र थाइल्यान्ड बीच हुनेछ । यस प्रतियोगिताको फाइनलमा पुग्ने टोली ट्वान्टी–२० विश्वकप छनोटमा पुग्ने प्रावधान रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्