झापा, फागुन २३ । कपिलवस्तुबाट काठमाडौं जाँदै गरेको बस त्रिशूली नदीमा खस्दा पाँचजनाको मत्यु भएको छ । ३७ जनालाई उद्धार गरिएको छ।

लु २ ख २१२१ नम्बरको बस बिहान ४ बजेतिर गजुरी गाउँपालिका–५ घाटबेसीस्थित पृथ्वी लोकमार्गबाट त्रिशूलीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी गौतमकुमार केसीले जानकारी दिए।
मृतकको पहिचान खुलेको छैन। उद्धार गरिएका ३७ नै जनालाई उपचारका लागि गजुरी सामुदायिक अस्पताल लगिएको प्रहरीले जनाएको छ।

बसमा अनुमानित ५० जना रहेको एसपी केसीले जानकारी दिए। बसका चालक घाइते छन्। गजुरी सामुदायिक अस्पताल उनको उपचार भइरहेको छ।दुर्घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोर टोलीले उद्धार गरिरहेको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्