झापा,चैत २ । सिन्धुलीमा शक्तिशाली प्रेसरकुकर बम विस्फोट भएको छ। सुनकोशी गाउँपालिका १ दुम्जा स्थित नेपाल टेलिकमको टावरमा कुकर बम विस्फोट गराइएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बम विस्फोटबाट दुम्जामा रहेको विपी पार्क नजिकै रहेको टेलिकमको टावर तथा घरमा क्षति पुगेको छ । उक्त स्थानमा शुक्रबार बिहान बम विस्फोट भएको सिन्धुलीका प्रहरी नयव उपरीक्षक तथा प्रवक्ता चिरन्जिवी दाहालले जानकारी दिए ।

‘बिहान करिव ३ बजेको समयमा विस्फोटको आवाज आएपछि स्थानीयले गरेको खबरका आधार घटना स्थल पुगेको प्रहरीले शक्तिशाली प्रेसर कुकर बम विस्फोट भएको पुष्टि गरेको छ,’ उनले भने ।

विस्फोट कसले गराएको भन्ने पुष्टि नभए पनि घटना स्थलमा पिपुल विब्रेसन आर्मी लेखेको जनमुक्ती सेना लेखेको पर्चा भेटिएको प्रहरीले जनाएको छ । विस्फोट स्थलमा दुईवटा प्रेटोलको बोटलसमेत फेला पारिएको प्रहरीले जनाएको छ । उक्त घटनामा संलग्नको खोजिकार्य सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्