झापा,चैत ५ । भोजपुर नगरपालिका–१२ टक्सारस्थित मालबासेका आगलागी पीडितहरूलाई भोजपुर नगरपालिका, वडा कार्यालय टक्सार र प्रदेश सभा सदस्य विनोद वान्तवाले राहत वितरण गरेका छन् ।

आगलागी पीडित पाँच परिवारलाई नगरपालिका र वडाको तर्फबाट अस्थायी बसोवासका लागी च्यादर, खानेपानीका लागी धारा जडान तथा हिलटेन्की, विद्युत जडान, खाद्यान्नका लागी चामल, दाल, नुनतेल, साबुन, कपडालगायतको सामग्री वितरण गरिएको छ भने प्रदेश सभा सदस्य वान्तवाले खाद्यान्न सामग्री प्रदान गरेका हन् ।

आगलागी पीडितहरूलाई तत्काल राहत तथा उद्धारका लागी नगरपालिका तथा वडाको तर्फबाट अस्थायी आवास, तत्काललाई पुग्ने खाद्यान्न, खानेपानीका लागी धारा जडान तथा विद्युत सेवा सञ्चालन गरेको र अन्य कार्यका लागी नगरपालिकाले प्रदेशसँग समन्वय गरेर राहत तथा पुनर्निर्माणमा सहयोग गर्ने भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले बताए । आगलागीबाट स्थानीय नर बहादुर कार्की, विशाल कार्की, पदम कार्की, गजेन्द्र बहादुर कार्की, पुष्प बहादुर कार्की, कृष्ण बस्नेत, मिना श्रेष्ठलगायतका सात घर, दश गोठ, लत्ताकपडा, खाद्यान्न, भौतिक सम्पत्ति जल्दा करिब एक करोड तीन लाखको बराबरको क्षति भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्