झापा, चैत ८ । झापाको अर्जुनधारामा सुपारी चोर्ने दुईजना पक्राउ परेका छन् ।

आज साँझ ५बजेको समयमा अर्जुनधारा ५ फूलबारी टोलमा टिकादेवी गिरीको सुपारी बगानबाट काँचो सुपारी झारी बोरामा हालेर लैजान लागेको अवस्थामा अर्जुनधारा ७ बस्ने सुनिल राई र वडा न. ८ बस्ने आलो भन्ने सुरज मण्डललाई सुपारी बगानबाटै पक्राउ गरिएको हो । ५ वटा प्लाष्टिकको बोरामा भरेर उनीहरुले काँचो सुपारी लैजान लागेका थिए ।

अन्दाजी १० हजार ९८० रुपैयाँ बराबरको १८३ किलोग्राम सुपारीसहित उनीहरुलाई प्रहरी चौकी शनिश्चरेको टोलीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याई थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्