झापा, बैशाख ७ । दोलखाको भीमेश्वर नगरपालिका– १ सुस्पाबाट जन्ती लिएर सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको बस दुर्घटना भएको छ । दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने ५२ जना घाइते भएका छन् ।

बा४ ख ५६१६ नम्बरको जन्ती बोकेको बस सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–५ तौथलीनजिकै दुर्घटना भएको हो । स्थानीय र प्रहरीले घाइतेलाई उद्वार गरेर धुलिखेल अस्पताल र खाडीचौरको सदाबहार अस्पताल लैजाँदै गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्