झापा,बैशाख २७ । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । कोशीका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले नयाँ सरकार गठनविरुद्ध बिहीबार सर्वोच्चमा रिट दर्ता गरेका हन् ।

कार्कीद्वारा दायर रिटमा नेपालको संविधानको धारा १३३ (२) (३) बमोजिम उत्प्रेषण, परमादेशलगायत उपयुक्त आदेश जारी गर्न माग गरिएको छ ।

संविधानको धारा १६८ (५) अन्तर्गत निर्मित सरकारलाई दिएको समर्थन फिर्ता हुन सक्ने व्यवस्था संविधानले पनि परिकल्पना नगरेकोमा सङ्कल्प प्रस्तावको आधारमा विश्वासको मत नलिएको भन्ने आधार देखाई नयाँ मुख्यमन्त्रीको नियुक्तिको निमित्त दाबी पेस गर्न मिति २०८१-०१-२६ मा प्रदेश प्रमुखले गरेको आह्वान, निर्णय, पत्राचार एवम् सूचना उत्प्रेषणको आदेशले बदर गर्न समेत कार्कीले माग गरेका छन् ।

रिटमा प्रदेश प्रमुखको कार्यालय, प्रदेश प्रमुख परशुराम खापुङ, सभामुख अम्बरबहादुर विष्ट, नेकपा एमालेका प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की तथा सङ्कल्प प्रस्तावका प्रस्तावक रेवतीरमण भण्डारी, सङ्कल्प प्रस्तावक समर्थकहरू गणेशप्रसाद उप्रेती र किशोर चन्द्र दुलाललाई विपक्षी बनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्