बिर्तामोड, बैशाख २९ । झापाको बिर्तामोडमा ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन् ।

आज दिउँसो १ बजेको समयमा बिर्तामोड नगरपालिका वडा नम्बर ४ आदर्श बैँकेट अगाडी उत्तरदक्षिण सडकखण्डमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले शंकास्पद लागेर बिर्तामोड ४ बस्ने २५ वर्षीय बिकु राजवंशीको शरीर खानतलासी गर्दा उनले लगाएको पेन्टको दाहिने गोजीबाट शिखर चुरोटको खोलभित्र स–साना पोकामा २ ग्राम २५० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

उनलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्