झापा, जेठ ७ । भद्रपुरबाट प्रसारण भइरहेको नागरिक एफ.एम चट्याङले बन्द भएको छ ।

शनिवार राति परेको चट्याङले एफ.एम.को ट्रान्सफर्मरमा क्षति पुगेको र मर्मतका लागि काठमाडौं पठाइएको एफ.एम.का संचालक इश्वर अधिकारीले बताए । दुई दिनदेखि झापामा चट्याङसहित पानी परिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्