झापा, जेठ १० । नेकपा माओवादी केन्द्रका भद्रपुर नगर कमिटीका अध्यक्ष शिवकुमार राजभण्डारी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

पहिलो स्थानीय तहको निर्वाचनमा माओवादीका तर्फबाट भद्रपुरको मेयरका उम्मेदवार र दोस्रो निर्वाचनमा गठबन्धनका तर्फबाट उपमेयरका उम्मेदवार रहेका राजभण्डारीलाई नेकपा एमाले दोस्रो दमक नगर अधिवेशनमा पार्टी अध्यक्ष केपी ओलीको पार्टी प्रवेश गराएका हुन् ।

उनीसंगै भद्रपुरका नरपति चापागाईं, चन्द्र तामाङलगायत २०० जना अध्यक्ष ओलीबाट टीका लगाएर एमालेमा प्रवेश गरेको पूर्व प्रदेश सांसद बसन्त बानियाँले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्