हल्दिवारी, जेठ १० । नेकपा एमाले हल्दिवारीको दोस्रो गाउँ अधिवेशनका लागि ३ जनाले अध्यक्षमा प्रतिष्पर्धा गर्ने तयारी गरेका छन् ।

आगामी कार्यकालका लागि वर्तमान अध्यक्ष त्रिलोचन सापकोटा, कार्यवाहक सचिव हरिकृष्ण अधिकारी र शैलेन्द्र सिटौलाले अध्यक्ष पदमा प्रतिष्पर्धा गर्ने तयारी गरेका हुन् ।
दुई कार्यकाल अध्यक्ष रहिसकेका सापकोटा वडा नम्बर १ का पूर्व वडाध्यक्ष हुन् । उनी तेस्रो कार्यकालको लागि अध्यक्ष बन्नेमा ढुक्क छन् । केन्द्रसम्म आफ्नो राजनैतिक पहुँच राख्ने सापकोटा २०८४ को निर्वाचन लक्षित गरेर अगाडि बढ्न लागेको देखिन्छ ।सापकोटाले अहिले नै आफूले उम्मेदवारी दिने आकांक्षा व्यक्त नगरेको प्रतिक्रिया दिएका छन् ।

त्यस्तै पार्टीका उपसचिव हरिकृष्ण अधिकारीले पनि यो दोस्रो अधिबेशनमा अध्यक्षको लागि आकांक्षा व्यक्त गरिरहेका छ्न । वडा नम्बर २ बाट राजनीतिक एवं सामाजिक गतिविधिमा सक्रिय अधिकारी सहकारीकर्मी र रेडक्रसकर्मीसमेत हुन् । अधिकारीले उम्मेद्वारी दिने कुरालाई हल्दिवारीको भावी राजनीतीसँग जोडिएर हेरिएको छ ।

त्यसैगरी युवाहरू बिच लोकप्रिय शैलेन्द्र सिटौलाले समेत अध्यक्षमा उम्मेद्बारी दिने चर्चा चलिरहेको छ । पार्टीका वडा नम्बर ४ का अध्यक्षसमेत रहेका सिटौला जलथल भूगोलमा निकै लोकप्रिय छ्न । सामाजिक गतिविधिदेखि राजनैतिक बहसमा समेत खरो उत्रिने उनको उम्मेद्वारी चर्चाले हल्दिवारीमा केन्द्रीय राजनीतिको हस्तक्षेप नहोला भन्न सकिन्न ।

त्यसैगरी उपाध्यक्ष गितादेवी भण्डारी, रेम खरेल, अजित बिष्टको चर्चा रहेको छ भने सचिवमा लक्ष्मी दङ्गाल , उपसचिवमा बिष्णु सुब्बा र सरिता न्यौपानेको आकांक्षा रहेको चर्चा छ । हल्दिवारीको दोस्रो गाउँ अधिवेशन यही जेठ १२ र१३ गते हुँदैछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्