झापा, जेठ २२ । प्रहरीले धरानबाट भरुवा बन्दुक एक थान, बारुद र छर्रासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१७ खैरेनी बस्ने ४० वर्षीय दरेश राई रहेका छन् ।

सोमबार राति प्रहरीले सोही उपमहानगरपालिका–१७ पट्नालीस्थित सिंहदेवी सामुदायिक वन छेउबाट भरुवा बन्दुक एक थान, सोही बन्दुकमा प्रयोग हुने बारुद र छर्रासहित राईलाई पक्राउ गरिएको हो ।

अस्थायी प्रहरी चौकी रेल्वे धरानबाट खटिएको प्रहरीले राईलाई उक्त हातहतियारसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्