झापा,जेठ २६ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपालले सि जातलाई कानुनी मान्यता दिन दबाब स्वरूप जनताको हस्ताक्षर संकलन गरी कोशी प्रदेश का मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई बुझाएको छ।

ज्ञापनपत्र र हजारौंको हस्ताक्षर सहित संगठनका केन्द्रीय महासचिव सुवास सी नेतृत्वको टिमले मुख्यमन्त्री कार्कीलाई कार्यालयमा पुगेर संकलित हस्ताक्षर र ज्ञापनपत्र बुझाएको हो । संगठनका महासचिव तथा कोशी प्रदेश ईन्चार्ज सुवासले ज्ञापनपत्र बुझाउँदै प्रदेशको समसामयिक विषय, जनताको समस्या लगायत युवा लक्षित विभिन्न विषयमा मुख्यमन्त्रीलाई मौखिक माग राखेका थिए।

संगठनले बुझाएको हस्ताक्षर र ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री कार्कीले आफू उक्त विषयमा सकारात्मक रहेको बताए । साथै उनले विभिन्न बुदाहरुमा छ्लफल गरि सहयोग आदानप्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्