झापा, असार १२ । जंगली हात्तीले झापाको बिर्तामोड ७ मा तीनवटा घरमा क्षति पुर्याएको छ ।

राति १ बजेतिर आएको हात्तीले बिर्तामोड ७ बस्ने भवानी सुनुवारको पक्की घेराबारा,टिनको छानो भएको एकतले घरको पश्चिम उत्तरतर्फको पर्खाल भत्काएको छ ।

त्यस्तै राम पौडिया सन्थालको टाँटी घेराबारा,टिनको छानो भएको एकतले घरको दक्षिणतर्फबाट टाटी भत्काएको छ भने रसौदा खातुनको टिनको गुम्तीको अगाडीको ढोका भत्काएर क्षति गरेको छ । जसबाट १ लाख ३२ हजारबराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्