झापा, असार १३ । झापाको मेचीनगर नगरपालिका ३ धरधरे टोलस्थित सुकेनिन्दा खोलाको किनारमा जंगली हात्ती मृत फेला परेको छ ।
![](https://pratidindaily.com/wp-content/uploads/2024/06/449377531_1010286307605195_4716255877653044878_n-1024x1005.jpg)
अन्दाजी ९–१० बर्षको भाले हात्ती मृत अवस्थामा फेला परेको हो । स्थानीयले बिहान ७ः३० बजे खबर गरेपछि प्रहरी टोली घटनास्थलमा पुगेर सुरक्षित राखेको छ । थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय भद्रपुर र मेची सव–डिभिजन कार्यालय धाईजनबाट फिल्ड अफिसर कर्ण विश्वकर्मासहितको टोली पुगेर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
थप पोष्टमार्टम तथा अन्य अनुसन्धानको लागि कोशीटप्पु वन्यजन्तु आरक्ष सुनसरीबाट बिशेषज्ञको टोली आउँदै गरेको जनाइएको छ ।