झापा, असार २७ । उदयपुरको त्रियुगा खोलाले बगाएर एक वृद्धाको मृत्यु भएको छ ।

आज साँझ पौने ६ बजेतिर उदयपुर त्रियुगा नगरपालिका वडा नं ५ उत्तराई टोल देवी मन्दिरस्थित त्रियुगा खोलाले बगाउँदा त्रियुगा नगरपालिका ६ जलजले बस्ने ६५ वर्षीया दुर्गा प्रधानको मृत्यु भएको हो ।

खेतबाट त्रियुगा खोला तरेर घर फर्कनेक्रममा उनलाई खोलाले बगाएको थियो । बगाएको ठाउँदेखि अन्दाजी ५–७ सय मिटर दक्षिण उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्