झापा, असार २८ । झापाको कचनकवलमा उद्धारको क्रममा एउटा जंगली चितल (हरिण) मरेको छ ।

हिजो साँझ बस्तीमा छिरेको हरिणलाई समातेर वन समितिलाई बुझाउन खोज्दा मरेको डिभिजन वन कार्यालयले जनाएको छ । हिजो साँझ ६.२५ बजेको समयमा कचनकवल गाउँपालिका वडा नं–७ बालुवाडीमा रहेको दिपज्योति सामुदायिक वनबाट निस्किएको करिब अन्दाजी १०० के.जी. को हरिण कचनकवल–७ बालुवाडीस्थित गोबरधन बस्तीतर्फ प्रवेश गर्दा स्थानीयले समातेका थिए ।

दिपज्योति सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हरि लिम्बू आफैले आफ्नो ट्रयाक्टरमा बोकी डिभिजन वन कार्यालयको निर्देशन अनुसार कचनकवल –३ स्थित दुर्गाभिट्टा सामुदायिक वन उपभोक्ता समितिलाई जिम्मा दिनका लागि लैजाने क्रममा बाटोमा नै सो हरिण मरेको हो । मरेको हरिण दुर्गाभिट्टा सामुदायिक वन उपभोक्ता समितिलाई राति जिम्मा दिएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्