बिर्तामोड, असार २९ । सरकारी सवारी चालक एशोसिएसन नेपाल झापाले बिर्तामोड ५ का स्वर्गीय राजुमान लिम्बूको परिवारलाई आर्थिक सहयोग गरेको छ ।

असार २१ गते उपचारका क्रममा निधन भएका बिर्तामोड नगरपालिकाका जेसिभी चालक लिम्बूको परिवारलाई नगद ७० हजार रुपैयाँसहित दाल, चिनी, साबुनलगायत खाद्यान्न सहयोग गरेको हो ।

एशोसिएसन झापाका उपाध्यक्ष पवन राजवंशी, महासचिव खेमराज नेपालसहितको टोली स्वर्गीय लिम्बुको घरमा पुगेर समवेदना प्रकट गर्नुका साथै उनकी श्रीमती रिना लाओती ( मगर)लाई सहयोग हस्तान्तरण गरेको हो ।

एशोसिएसनले बिर्तामोड, दमक, अर्जुनधारा, झापा, गौरादह, मेचीनगर, कमल, भद्रपुर, शिवसताक्षीबाट संकलन गरिएको रकम सहयोग गरिएको संस्थाका महासचिब नेपालले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्