झापा , साउन २ । झापाको भद्रपुरमा गाईगोठमा अजिङ्गर सर्प भेटिएको छ ।

आज बिहान ४ बजेको समयमा भद्रपुर नगरपालिका वडा न. ९ सिम्रिभिट्टा बस्ने प्रकाश जनक शाहीको गाईगोठमा अजिङ्गर सर्प भेटिएको हो । सर्प अन्दाजी १०÷१२ फिट र २०÷२२ केजीको रहेको छ । डिभिजन वन कार्यालय चन्द्रगढीले सो अजिङ्गर सर्प लिएर गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।