भद्रपुर ,साउन ४ । नेपाल बार एशोसिएसनको समन्वय तथा झापा बारको आयोजनामा मेलमिलापसम्बन्धी ८ दिने आधारभूत तालिम शुरु भएको छ ।

शुक्रबार एक कार्यक्रमका बीच उच्च अदालत विराटनगरका न्यायाधीश किरण पौडेलले तालिमको उद्घाटन गरे । तालिममा झापाका ३० जनाभन्दा बढी कानुन व्यवसायीहरुको सहभागिता रहने झापा बारका सचिव सन्तोष प्रसाईले बताए ।तालिममा न्यायाधीशहरु वामदेव ज्ञवाली, रामप्रसाद पौड्याल,तेजबहादुर खड्का,अशोक बस्नेत ,वरिष्ठ अधिवक्ता टंकप्रसाद उप्रेतीलगायतले प्रशिक्षण दिने सचिव प्रसाईले जानकारी दिए ।

नारायणप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा स्वागत उपाध्यक्ष भिम बराल र संचालन सचिव प्रसाईले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि न्यायाधीश पौडेल, न्यायाधीश प्रकाश अधिकारी ,नेपाल बार एशोसिएसन केन्द्रीय उपाध्यक्ष सुरज खत्री, बरिष्ठ अधिवक्ता टंकप्रसाद उप्रेतीलगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्