दमक , साउन ४ । आज साँझ दमकमा भएको आगलागीबाट २५ लाख बराबरको क्षति भएको छ ।

साँझ ५.२० बजेको समयमा दमक नगरपालिका वडा न.६ बस्ने अशोक श्रेष्ठको ४ तले पक्की घरमा वडा नं.७ बस्ने ४७ वर्षीय संजय रौनियारले भाडामा लिई संचालन गर्दै आएको कपडाको गोदाममा आगलागी भएको हो । दोस्रो तलाको पूर्वपट्टिको कपडाको गोदाममा अचानक बिद्युतको लाईन सर्ट भई आगलागी हुँदा गोदाममा रहेका साडी र थान कपडा पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

उक्त आगो इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोली, दमक नगरपालिकाको दमकल र स्थानीयबासीहरुको सहयोगमा साँझ ५ः३० बजे पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्