झापा, साउन ४ । नेपाल इन्जिनियर्स एसोसिएसन (नेइए) को बिर्तामोड च्याप्टरले ६२ औं स्थापना दिवस मनाएको छ ।
बिर्ताबजारस्थित काजी व्यांक्वेटमा कार्यक्रम गरी नेइएको बिर्तामोड च्याप्टरले स्थापना दिवस मनाएको हो । नेपाल इन्जिनियर्स एसोसिएसन बिर्तामोड च्याप्टरका भाइस प्रेसिडेन्ट बिशाल जवेगूको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड च्याप्टरलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर अन्तरक्रिया गरिएको कार्यक्रम संयोजक प्रभास थापा मगरले बताए ।
कार्यक्रममा करिव ३५ जना इन्जिनियरको सहभागिता रहेको थियो । कार्यक्रममा सहयोगी संस्थाहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।