झापा , साउन ६ । झापाको बाह्रदशी– ५ स्थित फूलवारी माध्यमिक विद्यालयमा रहेको पूर्व विद्यार्थी समाजले गुरु पूर्णिमाको अवसरमा गुरु सम्मान गरेको छ।

विद्यालयमा लामो समय शिक्षण कार्य गरि निवृत्त भएका र उत्तरार्ध जीवन बिताइरहेका ५ जना पूर्व शिक्षकहरुलाई सम्मान गरिएको हो । पूर्व शिक्षकहरु धनबहादुर थापा, अग्निप्रसाद विमली, जुरनप्रसाद राजवंशी, टेकबहादुर योङ्हाङ तथा अबुल कासिमलाई सम्मानपत्र, दोसल्ला र कोसेलीसहित सम्मान गरिएको थियो । पूर्व विद्यार्थी समाजका अध्यक्ष उत्तमकुमार खड्काको अध्यक्षता तथा बाह्रदशी गाउँपालिकाका अध्यक्ष देविन्द्रप्रसाद चम्लागाईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा समाजका उपाध्यक्ष जीवन धमलाले स्वागत गरेका थिए।


कार्यक्रममा गाउँपालिकाका भूतपूर्व अध्यक्षहरु दयानन्द गोश्वामी र टेकप्रसाद आचार्य , भूतपूर्व वडाध्यक्ष तथा पूर्व शिक्षक भुपेन्द्र कटुवाल, बाह्रदशी –५ का वडाध्यक्ष बिरबहादुरसिंह राजवंशी , भूतपूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवम् पूर्व शिक्षक परमानन्द झा, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा पूर्व शिक्षक टेकनारायणसिंह राजवंशी, शिक्षक अभिभावक संघका अध्यक्ष चेतराज राजवंशी, भैरव राजवंशी, सतन माझी, टंकप्रसाद कटुवाल, ओमप्रकाश गौतम, प्रधानाध्यापक डुमेश्वर साह, चेतराज आचार्यलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष देविन्द्रप्रसाद चम्लागाई, सम्मानित शिक्षकका तर्फबाट टेकबहादुर योङ्हाङ, विद्यालय व्यवस्थापन समिति अध्यक्ष टेकनारायण सिंह राजवंशी , टंक कटुवाल , ओमप्रकाश गौतम, तुलसीराम खरेलले सम्बोधन गरेका थिए । शिक्षक हेमलता पोखरेलले कविता वाचन गरेको उक्त कार्यक्रमको सञ्चालन पूर्व विद्यार्थी समाजका सचिव शिवप्रसाद पोखरेलले गरेका थिए। भर्खरैमात्र गठन भएको उक्त समाजको बिधान निर्माण भई दर्ताको प्रक्रियामा रहेको जानकारी गराइएको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्