र्तामोड, साउन ७ । यस वर्षको डि कौडिन्य पत्रकारिता पुरस्कार झापाका पत्रकारद्वय झुलन रेग्मी र डिकेश लामालाई संयुक्त रुपमा प्रदान गरिएको छ ।

बिर्तामोडमा आज आयोजित एक कार्यक्रमका बीच रेग्मी र लामालाई नगदसहित डि कौडिन्य पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशि २१ हजार रुपैयाँ रहेको छ ।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका पूर्वआर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङबो, प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष विवेक गौतम, कौडिन्यकी पत्नी यमुना आचार्यलगायतले पुरस्कार वितरण गरे ।

जनपक्षीय पत्रकार देवकुमार आचार्य (डि कौडिन्य) को स्मृतिमा प्रेस सेन्टर नेपाल झापाले सो पुरस्कार स्थापना गरेको हो ।
रेग्मी मेचीखबर साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस सेन्टर झापाका निवर्तमान अध्यक्ष हुन् । लामा नेपाल टेलिभिजनका झापा सम्वाददाता, प्रेस सेन्टर कोशी प्रदेशका सदस्य एवम् पत्रकार महासंघ झापा शाखाका सचिव हुन् ।

प्रेस सेन्टर झापाका अध्यक्ष राजु पाठकको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि आङबोले पुरस्कृत पत्रकारलाई शुभकामना दिएका थिए । प्रेस सेन्टरका उपाध्यक्ष होमप्रकाश अधिकारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सेन्टरका सचिव पुष्प खड्काले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्