बिर्तामोड, भदौ २८ । बिर्तामोडका संस्थागत विद्यालयहरुले यस वर्ष २ हजार ७४९ जना विद्यार्थीहरुलाई छात्रवृत्ति दिएका छन् ।

संघीय शिक्षा ऐन ÷नियमावली तथा बिर्तामोड नगरपालिकाको शिक्षा ऐन २०७९(संशोधनसहित) बमोजिम शैक्षिक सत्र २०८१ का लागि नगरका सबै ६६ वटा संस्थागत विद्यालयहरुले अनिवार्य १० प्रतिशत छात्रवृत्ति दिएका हुन् । त्यसअन्तर्गत ४० प्रतिशत छात्रवृत्ति १ हजार ६४ र ६० प्रतिशत छात्रवृत्ति १ हजार ६८५ जना विद्यार्थीहरुले पाएका छन् । बालविकासदेखि कक्षा १० सम्मका त्यति विद्यार्थीहरुले छात्रवृत्ति पाएको बिर्तामोड नगरपालिकाले जनाएको छ ।

गरिव , विपन्न, जेहेन्दार ,दलित , आदिवासी, जनजाति विद्यार्थीहरुका लागि सो छात्रवृत्तिको व्यवस्था गरिएको हो । त्यसअन्तर्गत परेका आफ्ना छोराछोरीले छात्रवृत्ति पाए नपाएको खोजी गर्न नगर शिक्षा अधिकारी तिलचन भण्डारीले अभिभावकहरुलाई आग्रह गरेका छन् । पहुँच हुनेहरुले मात्र विद्यालयमा छात्रवृत्ति पाउने गरेको गुनासो रहेको छ ।बिर्तामोडका विद्यालयहरुले वितरण गरेको छात्रवृत्तिको संख्या यसप्रकार रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्