झापा , असोज ८ । पक्राउ परेका दुर्गा प्रसाईका समर्थकमाथि आपराधिक उपद्रव र ज्यान मार्ने उद्योगको मुद्धा दर्ता भएको छ ।

राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानको भ्रातृ संस्था पीडीएफका झापा संयोजक ४० वर्षीय भिम तुम्बापो लिम्बू र राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानका झापा सहसचिव ३३ वर्षीय सुरेश चौधरीमाथि सो कसुरमा प्रहरीले कानुनी कार्वाही अघि बढाएको हो । चौधरी हिजो र तुम्बापो आज पक्राउ परेका थिए ।

दुवैमाथि आपराधिक उपद्रव र ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा झापा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान कार्य जारी रहेको तथा अन्य फरार प्रतिवादीहरुको हकमा तदारुकताकासाथ खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डीएसपी कृष्णकुमार चन्दले बताए ।

दुर्गा प्रसाईका समर्थकहरुले असोज ६ गते राति दुईवटा भारतीय ट्रकमा आगजनी गर्नुका साथै ट्रक चालकलाई समेत ज्यान मार्ने प्रयास गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्