झापा, असोज ८ । भारतबाट लागूऔषध ल्याउँदै गर्दा झापा गाउँपालिकाका एक व्यक्ति पक्राउ परेका छन् ।
आज साँझ ५.३० बजे भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा झापा गाउँपालिका– ५ पन्थापाडा बस्ने ४२ वर्षीय तेहेरुदिन शेखलाई शंका लागेर चेकजाँच गर्दा उनले लगाएको हाप पाईन्टको दाहिने साईडको गोजीमा लागूऔषध फेला परेको थियो ।
उनको साथबाट प्लाष्टिकसहित ३२ ग्राम १६० मिलिग्राम ब्राउनसुगर फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।