झापा, असोज ११ । झापाको बाह्रदशी– ७ स्थित कुखुरा फर्ममा बाढी पस्दा ८ लाख बराबरको क्षति भएको छ ।

फाइल तस्वीर

आज दिउँसो अन्दाजी २ बजे बाह्रदशी गाउँपालिका ७ स्थित ज्ञानबहादुर कार्कीको नाममा रहेको बाह्रदशी बहुउद्देश्यीय कृषि फर्ममा बाढी पसेको हो । अविरल बर्षाका कारण सुरुङगा खोलाको पानीको बहाव बढेर कुखुराको खोरभित्र पसेको थियो ।

उक्त फर्ममा रहेका १६ सय कुखुरामध्ये १२ सय वटा कुखुरा डुबेर मरेका छन् । त्यस्तै कुखुराको दानालगायत अन्य सरसामानहरु डुब्दा अन्दाजी ८ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्