झापा , असोज १२ । अबिरल बर्षाका कारण हल्दिबारी गाउँपालिकाको तीनवटा काठे पुल बगाएको छ ।
हल्दिबारी– १ गोलधापबाट बाह्रदशी– ३ राजमार्ग जाने बाटो जल्पाबस्ती पश्चिमको काठे पुलको बिच भाग बगाई पूर्णरुपमा क्षतिग्रस्त पारेको छ भने हल्दिबारी– १ बाट दक्षिण हुलाकी राजमार्ग जोड्ने रोड कटान गरेर बाटो अबरुद्ध भएको छ ।
त्यस्तै फाल्गुनन्द चोक पूर्व हल्दिबारी – १ र ५ को कन्चनश्री जोड्ने काठेपुलको बिच भाग बगाएको छ ।त्यस्तै हल्दिबारी– १ र ५ जाने बाटोको काठको पुल बिच भागको सबै बगाएको छ ।
हल्दिबारी– १ आशामोडदेखि पूर्व रामचोक जाने बाटो ठाउँठाउँमा बगाएको छ भने हल्दिबारी १ शंकर चोकदेखि उत्तर मन्त्री चोक जोड्ने वासमनी रोडको चार ठाउँमा सामान्य क्षति भएको प्रहरीले जनाएको छ ।