भद्रपुर, असोज १२ । भद्रपुर ८ स्थित चन्द्रगढी विमानस्थलअगाडि गणपति बेकरीले पिज्जा, केकलगायत बेकरीजन्य उत्पादनसहित क्याफे सञ्चालनमा ल्याएको छ ।

करिब ६० लाख रुपैयाँको लगानीमा कृपा ढकाल र रियाज ढकालद्वारा विमानस्थलबाट आवागमन गर्ने पर्यटकलाई लक्षित गरेर बेकरीसहित क्याफे सञ्चालनमा ल्याइएको हो ।

गणपति बेकरीको तेश्रो शाखाका रूपमा सञ्चालनमा ल्याइएको चन्द्रगढी शाखाले नेफोलिटाना पिज्जा, कफी, बर्थडे केक आफैं उत्पादन गरेर ग्राहकको माग पूरा गर्ने सञ्चालक कृपा ढकालले जानकारी दिइन् ।

गणपति बेकरीका हेडक्वाटर प्रमुख राजु ढकालका अनुसार गणपतिको विर्तामोडमा मुख्य उत्पादन कार्यालय छ भने काँकरभिट्टा र चन्द्रगढीमा फेन्जाइममा लगिएकोले गुणस्तर मापदण्डको पालना गर्ने गरी शाखा स्वामित्व दिइएको हो ।

गणपति चन्द्रगढीका सञ्चालक रियाज ढकालले गुणस्तरीय उत्पादनमा जोड दिइने बताउँदै केकका लागि होम डेलिभरीको समेत व्यवस्था रहेको जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्