झापा, मंसिर १२ । अवैध रुपमा ल्याएर लुकाई छिपाई राखेको ७ सय केजी लसुन प्रहरीले मेचीनगरमा बरामद गरेको छ ।
गएराति ८.३० बजे जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर– ६ स्थित बाँसझ्याङमा बेवारिसे अवस्थामा राखेको अन्दाजी तीन लाख पचास हजार मूल्य बरावरको ७ सय के.जी. लसुन फेला पारेको थियो ।
बरामद लसुन आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।