झापा, मंसिर १२ । मोरङमा भएका दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

गएरति ८ बजे मोरङ सुन्दरहरैचा– १० बागझोडास्थित खोर्साने– केराबारी भित्री सडकखण्डमा खोर्साने चोकदेखि केराबारीतर्फ जाँदै गरेको प्र १–०२–०४६ प ३२१२ नं को मोटरसाइकलले पैदलयात्री सोही ठाउँ बस्ने ६४ वर्षीया सिता गुरागाईलाई पछाडिबाट ठक्कर दिइ घाइते बनाएको थियो । घाइतेलाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर पठाएकोमा राति ८.४० बजे डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो । मोटरसाइकल र चालक ग्रामथान ७ बस्ने २६ वर्षीय भुवन खप्तरीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको छ ।

त्यस्तै गएराति ८.४५ बजे मोरङ बूढीगंगा गाउँपालिका वडा नं ५ गाउँपालिकाको भवननजिक भित्री सडकखण्डमा पोटिया चोकबाट हात्तीमुडा चोकतर्फ जाँदै गरेको साइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा साइकलयात्री बूढीगंगा ५ बस्ने ३५ वर्षीय जलेश्वर सरदार घाइते भएका थिए । टाउको र निधारमा चोट लागेर गम्भीर घाइते भइ उपचारको लागि बिराट टिचिङ अस्पताल गंगाचोक पठाएकोमा राति ९.२१ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्