झापा, मंसिर १२ । मौरीको घार झार्नेे क्रममा भिरबाट खसेर भोजपुरमा एकजनाको मृत्यु भएको छ ।

हिजो साँझ ६.३० बजे भोजपुर हतुवागडी ४ लुङ्थुङ बस्ने ७३ वर्षीय रामबहादुर राई निगाले भिरमा मौरीको घार झार्न गएका थिए । त्यसक्रममा भिरबाट करिब २५ मिटर तल खस्न गई राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीयले घटनाबारे प्रहरीलाई जानकारी गराएपछि इलाका प्रहरी कार्यालय घोडेटारबाट टोली खटिएर घटनास्थलमा शव सुरक्षित राखेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्