झापा, मंसिर २१ । मेचीनगर–१० धुलावारी बजारको कपडा पसलबाट करिव तीन लाख बराबरको लत्ताकपडा चोरी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
धुलावारीमा ३३ वर्षीय अंकित सेठियाले सचालन गरेको भैरव स्टोरबाट बुधवार राति लत्ताकपडा चोरी गर्ने मेचीनगर नगरपालिका– १० टिमाई भेली बस्ने २८ वर्षीय दुखु मिया र सोही ठाउँ बस्ने २१ वर्षीय तेजराज बिष्ट पक्राउ परेका हुन् ।
सि.सि.टिभी फुटेजमा उनीहरुको पहिचान भएपछि इलाका प्रहरी कार्यालय धुलाबारीको प्रहरी टोलीले खोजतलास गर्नेक्रममा हिजो साँझ ५ बजे दुवैलाई नियन्त्रणमा लिएको हो । चोरी गरी लगेको लताकपडाहरू दुवै जनाको घरबाट बरामद गरी उनीहरुलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको प्रहरीले जनाएको छ ।