झापा, मंसिर २३ । विराटनगरमा ट्रकको ठक्करबाट आज दिउँसो एक पैदलयात्रीको मृत्यु भएको छ।


जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार विराटनगरबाट रंगेलीतर्फ जाँदै गरेको को १ ख ३४८० नम्बरको ट्रकले विराटनगर महानगरपालिका–७ हाटखोला बसपार्कनजिकै पैदलयात्रीलाई दिउँसो ४ः१० बजेतिर ठक्कर दिएको हो। बाटो क्रस गर्दै गरेका बेला ट्रकले ठक्कर दिँदा मोरङको कानेपोखरी गाउँपालिका घर भएका अन्दाजी २६ वर्षीय माने भनिने मानबहादुर लिम्बू गम्भीर घाइते भएका थिए।

उपचारका लागि कोशी अस्पताल पुर्याउनसाथ दिउँसो ४ः३५ बजेतिर चिकित्सकले मृत घोषित गरेको जानकारी डीएसपी जोशीले बताए। शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ। दुर्घटनालगत्तै फरार भएका ट्रक चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ। ट्रकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जोशीले बताए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्